Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर ३ लाख ८३ हजारले गुमाए ज्यान

विश्वभर ३ लाख ८३ हजारले गुमाए ज्यान


काठमाडौं, जेठ २२
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार बुधबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ८९ हजार १ सय १ जना निको भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ४ सय ९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ८ हजार ८३ व्यक्तिको मृत्यु भएको छ । दक्षिणमा अमेरिकामा ९ लाख ४७ हजार ७ सय ५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४२ हजार ७ सय २२ को मृत्यु भएको छ । युरोपमा २० लाख २४ हजार १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७५ हजार ८ सय ७३ को मृत्यु भएको छ । एसियामा १२ लाख १५ हजार १६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार १ सय ३९ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया