Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा सरकारी कम्प्युटरमा अमेरिकी चिप्सको प्रयोग प्रतिबन्ध

चीनमा सरकारी कम्प्युटरमा अमेरिकी चिप्सको प्रयोग प्रतिबन्ध


बेइजिङ । चीनले सरकारी कम्प्युटर र सर्भरमा अमेरिकी प्रोसेसरहरु प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । चिनियाँ सरकारले ‘इन्टेल’ र ‘एएमडी’लगायत अमेरिकी माइक्रोप्रोसेसर चिपहरु हटाउन नयाँ दिशानिर्देशन जारी गरेको छ ।

आइतबार खरिद निर्देशन जारी गर्दै चीनले घरेलु चिप र सफ्टवेयर विकल्पहरुको पक्षमा माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम र विदेशी–निर्मित डाटाबेस सफ्टवेयरलाई पनि हटाउन खोजेको छ । यससँगै सरकारी एजेन्सीहरुलाई सुरक्षित र भरपर्दो प्रोसेसर र अपरेटिङ सिस्टमहरु खरिद गर्न आदेश दिइएको छ ।

यसअघि, डिसेम्बरको अन्त्यमा चीनको उद्योग मन्त्रालयले सुरक्षित र भरपर्दो मानिएका सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेसको तीन अलग–अलग सूचीहरु सार्वजनिक गरेको थियो । ती सबै सीपीयू, अपरेटिङ सिस्टम र केन्द्रीकृत डाटाबेस चिनियाँ कम्पनीहरुबाट निर्मित रहेका छन् ।

चीनले अमेरिकासँग चिप युद्ध चलिरहेका बेला यस्तो निर्देशन जारी गरेको छ । अमेरिकाले उन्नत चिप प्रविधिमा चीनको पहुँच रोक्ने प्रयास गरिरहेको छ । पछिल्लो समय चीनले विदेशी प्राविधिमा निर्भरता कम गर्न घरेलु अर्धचालक उद्योगलाई बढावा दिइरहेको छ । अमेरिकाले पनि घरेलु सेमिकन्डक्टर उत्पादनलाई बढावा दिने कमदहरु चालिरहेको छ । बाइडेन प्रशासनले चिप उत्पादनमा ताइवान र चीनमा निर्भरता कम गर्ने लक्ष्य राखेको छ ।

अमेरिकाले सन् २०२२ अक्टोबरमा चीनले सैन्य उद्देश्यका लागि प्रयोग गर्नसक्ने भन्दै चीनमा निर्मित अर्धचालक चिपहरुको प्रयोग कम गर्न खोजेको थियो । त्यसपछि अमेरिकाले अक्टोबर २०२३मा अमेरिकी चिप डिजजाइन फर्म एनभिडियालाई चीनलाई उन्नत एआई चिपहरु बेच्नबाट रोक्नकाके लागि नयाँ नियमहरु ल्याएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया