Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाग बढ्ने हल्लाले बढ्दै कच्चा तेलको भाउ

माग बढ्ने हल्लाले बढ्दै कच्चा तेलको भाउ


फ्रान्स  । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२४ मा कच्चा तेलको माग उच्च हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । यही कारण अहिले कच्चा तेलको भाउ क्रमिकरुपमा बढ्दै गएको छ ।

खासगरी ओपेक राष्ट्रहरुले कच्चा तेलको उत्पादन कटौती गरेको र मध्यपूर्वको तनावले आपूर्तिमा संकुचन बनाउने भएपछि तेलको माग बढ्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ फेरि बढ्न थालेको छ ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ शुक्रबार एक दशमलव ३१ डलरले बढेर प्रतिब्यारेल ८७ डलर पुगेको छ ।

‘रेड सी’ क्षेत्रमा ढुवानी अवरुद्ध पार्न हुथी विद्रोही समूहले आक्रमण गरिरहेका छन् । यसको प्रभाव युरोप र अमेरिकामा परेको छ । यही कारण कच्चा तेलको आपूर्तिमा असर पु¥याएको छ । यिनै कारण विश्वभर तेलको आपूर्तिमा असर पुग्ने र माग बढ्न गई मूल्य बढ्ने देखिएको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5


तपाईको प्रतिक्रिया