Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २ सय ७९ को मृत्यु

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २ सय ७९ को मृत्यु


नयाँ दिल्ली, जेठ २९
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९ सय ८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५ सय ८३ पुगेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ७९ जनाको मृत्यु भएको जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७ हजार ७ सय ४५ पुगेको छ ।

भारतमा अहिले पनि एक लाख ३३ हजार ६ सय ३२ जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त भएकाहरुको संख्या एक लाख ३५ हजार २ सय ५ रहेको मन्त्रालयले जनाएको छ । कोरानाभाइरसको संक्रमण भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा देखिदै आएको छ । महाराष्ट्रमा मात्रै बुधबारसम्म ९० हजार ७ सय ८७ जना संक्रमित भएका छन् ।

दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा भने ३४ हजार ९ सय १४ जना संक्रमित रहेका छन् । मेडिकल रिसर्च परिषद्का अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार २ सय १६ जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३ सय ३२ जनाको कोरोना परीक्षण गरिएको छ । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया