Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान’बाट ३० लाख युवालाई रोजगारी दिने लक्ष्य

‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान’बाट ३० लाख युवालाई रोजगारी दिने लक्ष्य


नयाँ दिल्ली, असार १४
भारत सरकारले विशेष रोजगार कार्यक्रम ‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान’ आयोजनाको सुरु गर्ने भएको छ । भारतको उत्तर प्रदेश सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका लाखौँ बेरोजगार व्यक्तिलाई लक्ष्य गरेर उनीहरुलाई रोजगारी दिने योजनाअनुरुप सुरु गर्न लागेको हो ।

‘आत्मनिर्भर उत्तर प्रदेश रोजगार अभियान नाम दिइएको यस विशेष रोजगार आयोजना खासगरी कोभिड १९ का कारण उत्तर प्रदेश राज्यमा हालै घर फर्किएर आएका करिब ३० लाख युवालाई लक्ष्य गरिएको छ । उनीहरुलाई रोजगारी दिनेगरी यो अभियान सुरु गर्न लागिएको बताइएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिमा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लागेको जनाइएको छ । तर उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनेर भारत सरकारले शुरु गर्न लागेको भनिएको यस आयोजनाको प्रचारको भने भारतका विभिन्न विपक्षी राजनीतिक दलहरुले विश्वास गरेका छैनन् ।

यसअघि पनि भारतको सरकारले यही जुन २० यस्तै लाखौँ व्यक्तिलाई रोजगारी दिने भन्दै यस्तै विशेष रोजगार कार्यक्रमको सुरुवात गरेको थियो । भारतको सरकारले यसैगरी भारतका विभिन्न राज्यहरुमा कोभिड १९ का कारण विदेश तथा स्वदेशका विभिन्न आयोजनाबाट घर फर्किएर आएका बेरोजगार नागरिकका लागि यस्तै विशेष रोजगार तथा आत्मनिर्भर कार्यक्रमहरु सञ्चालनमा ल्याएको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया