बौद्धिक परिवारका बालबालिकामा दबाब बढी : अध्ययन
काठमाडौं, असार १४
विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दबाब रहने गरेको देखिएको छ । स्विडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा हालै सार्वजनिक प्रतिवेदनमा प्रथम वर्षका छात्राहरूको कपालको विश्लेषण गरेर यो पत्ता लगाएको हो । अध्ययन लेखक बर्न विश्वविद्यालयका प्राध्यापक अलेक्स बर्टम्स र रुहर विश्वविद्यालय बोचमका (आरयूबी) का नीना मिंग्लेको समूहले गरेको अध्ययनको निष्कर्ष हो ।
उक्त अध्ययनले विद्यार्थीहरू आफ्नो डिग्री नराख्ने हो भने उनीहरूको परिवारको सामाजिक प्रतिष्ठा खतरामा पर्नसक्ने भन्दै उनीहरूले सामान्यभन्दा बढी तनाव लिने गरेको देखिएको छ । तनावपूर्ण अवस्थामा, शरीरले ‘हर्मोन कोर्टिसोल’को बढ्दो मात्रा जारी गर्दछ, जुन बढ्दो कपालमा पनि देखिन्छ । यदि बढ्दै गरेको कपालमा लामो समयसम्म ‘हर्मोन कोर्टिसोल’को स्तर उच्च रहन्छ भने कुनै व्यक्तिमा बढी तनाव रहेको मान्न सकिन्छ अनुसन्धानको निष्कर्षमा भनिएको छ ।
उक्त अनुसन्धान टोलीले विभिन्न ७१ व्यक्तिलाई अध्ययन परीक्षणका लागि नमूना बनाएको थियो । यसमा किशोरीहरूले विश्वविद्यालयको अध्ययन सुरू गरेपछिका केही समयमा कपालमा ‘हार्मोन कोर्टिसोल’को मात्रालाई आधार बनाएर अशिक्षित तथा शिक्षित परिवारका सदस्यमा हुने तनावबारे अध्ययन भएकोे हो । ‘एकमात्र समावेशी मापदण्ड यो हो कि आफ्नो पहिलो सेमेस्टर सुरू गरेका छात्राहरूको कपाल लामो भएको थियो’, आरयूबीका नीना मिंक्लेले व्यावहारिक जीवविज्ञान र जीव विज्ञान अनुसन्धान समूहको निष्कर्षबारे व्याख्या गरिन् ।
‘हामीले लगभग महिलालाई मात्र अनुसन्धानको दायरामा राख्यौँ तर अनुसन्धानका लागि कोही पनि सोही उमेर समूहका पुरुषहरू समावेश नगर्ने निर्णय ग-यौँ किनकि महिलाहरूको एकै प्रकारको नमूनाको अध्ययनबाट नतिजालाई थप विश्वसनीय बनाउने हाम्रो उद्देश्य थियो’, मिन्कलेले थपिन् ।
सहभागीहरूले अनुसन्धान टोलीलाई प्रत्येकको टाउकाको किनाराको पातलो कपाल अनुसन्धानका लागि लिइन्थ्यो । प्रतिमहिना कपाल एक सेन्टिमिटर बढ्ने भएकोले अनुसन्धानकर्ताहरूले सेमेस्टरको शुरूदेखि छ हप्ता मा बढेको कपालको पछिल्लो डेढ सेन्टिमिटर भागको परीक्षण गरेका थिए । यसबाहेक सहभागीहरूलाई दिइएका प्रश्नावलीको जवाफ ती छात्राहरूको अभिभावकहरूको शैक्षिक पृष्ठभूमिको बारेमा जानकारी प्रदान गरेको बताइएको छ । उनीहरूलाई विश्वविद्यालयमा अध्ययनका क्रममा उनीहरूले विषयगत रूपमा महसुस गरेको तनावको बारेमा पनि सोधिएको थियो ।
अध्ययनबाट यो पत्ता लाग्यो कि शिक्षित परिवारका पहिलो सेमेस्टरका विद्यार्थीहरूका कमसेकम एक अभिभावकले विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरेका थिए । तर त्यस्ता अभिभावकका सन्तानले गैर–शिक्षित परिवारका विद्यार्थीहरूको तुलनामा उच्च तनाव रहेको अध्ययनबाट थाहा हुन आएको बताइएको छ । यद्यपि उनीहरूमा अन्य पक्षमा खासै फरक थिएन । उदाहरणका लागि, व्यक्तिपरक अनुभूतिका तनावका तहहरू, उस्तै थिए ।
अनुसन्धान टोलीले यो नतिजाको व्याख्यामा शिक्षित परिवारका महिला विद्यार्थीहरू अध्ययनको नतिजालाई लिएर बढी दबाबमा पर्ने संकेतहरू मिलेको थियो । शिक्षित परिवारका विद्यार्थीले आफ्नो पढाइको नतिजाले परिवारको प्रतिष्ठामा आँच आउने हुँदा नतिजा राम्रो ल्याउनका लागि दबाब रहेको अध्ययनका क्रममा सोधिएका प्रश्नावलीको उत्तरमा पनि झल्किन्थ्यो ।
यो समाजशास्त्रीय अध्ययनमा भएका निष्कर्षहरूसँग मिल्दोजुल्दो छ । अध्ययन अनुसार शिक्षाविद्का बच्चाहरूले विद्यालयको नतिजाको तुलनामा विश्वविद्यालयको नतिजा कमजोर रहने सम्भावना बढी रहने गर्छ । ‘अर्कोतर्फ, गैर–शिक्षित अविभावकका बच्चाहरू तनाव कम लिन्छन् साथै शिक्षित परिवारका सन्तानलाई परीक्षाको नतिजामा पछाडि पार्छन्’, मिन्कलेले आफूहरूको अध्ययन प्रतिवेदनको व्याख्या गर्दै भनिन् । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया