Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा झण्डै छ लाख संक्रमित

भारतमा झण्डै छ लाख संक्रमित


नयाँ दिल्ली, असार १८
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट पाँच लाख ८५ हजार ४ सय ९३ जना संक्रमित भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६ सय ५३ जना कोरोनाभाइरसबाट संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल संक्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म १७ हजार ४ सय जनाको मृत्यु भइसकेको छ । ती मध्ये ५ सय ७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या एक लाख ७४ हजार ७ सय ६१ पुगेको छ । त्यसैगरी तमिलनाडुमा ९० हजार १ सय ६७ जना संक्रमित भएका छन् । अधिकारीहरुका अनुसार तमिलनाडुमा एक हजार २०१ जनाको मृत्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३ सय ६० जना संक्रमित भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया