Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभर्जिन एटलान्टिकलाई उद्धार गर्न १ अर्ब २० करोड पाउन्डबराबरको सम्झौता हुँदै

भर्जिन एटलान्टिकलाई उद्धार गर्न १ अर्ब २० करोड पाउन्डबराबरको सम्झौता हुँदै


लन्डन, असार ३१
कोरोना महामारीको चपेटामा परेको भर्जिन एटलान्टिकले १ अर्ब २० करोड पाउन्डबराबरको उद्धार सम्झौतालाई अन्तिम रुप दिएको छ । यो प्याकेजले मुख्य लगानीकर्ता भर्जिन ग्रुपबाट र बाहिरी लगानीकर्ताबाट पाउने सहयोगलाई समेटेको छ । त्यस्तै सयौँ लाख पाउन्ड स्टर्लिङ पनि भर्जिन ग्रुप र अर्को लगानीकर्ता डेल्टा एयरलाइन्सबाट पाउनेछ । सुरुमा भर्जिन एटलान्टिकले सरकारबाट सहयोगको आशा गरेको थियो तर मन्त्रीहरुले अन्तिम अवस्थामा मात्रै सब्सिडी दिन सकिने बताएका थिए । धेरैजसो उद्धार कोष भने अहिलेकै सेयर सदस्य र नयाँ लगानीकर्ताबाट प्राप्त भएको बताइएको छ । योसँगै कम्पनीले २०२२ मा नाफामा जाने बाटो तय गरेको छ ।

विशेष गरी कोरोना संकटले कम्पनीलाई डुबाएको हो । अरु कम्पनीजस्तै कम्पनीका जहाज पनि महिनौँसम्म ग्राउन्डेड हुनपुगे । अर्को हप्तासम्म अझै कम्पनीले उडान नभर्ने निश्चित छ । मंगलबार घोषणा गरिएको प्याकेजमा डेभिडसन केम्प्नरबाट १७ करोड पाउन्ड तथा भर्जिन ग्रुपबाट २० करोड पाउन्ड पाउनेछ । भर्जिन ग्रुप र अर्को सेयर सदस्यबाट कुल ४० करोड पाउन कम्पनीले पाउनेछ । यसबाहेक अन्य ऋणदाताबाट पनि कम्पनीले ४५ करोड पाउनेछ । एयरलाइन्सबाट ३५ सय रोजगारी कटौती भइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया