कोभिड–१९ को असर : एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी
पेरिस, साउन १६
युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो ।
एयरबसले यस वर्षको पहिलो छ महिनामा करिब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ । कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अबलम्बन गरेका नयाँ उपायहरुका कारण यस वर्षको बाँकी छ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ ।
यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करिब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष कर भुक्तानीपछि करिब ३ अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया