Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको युनियन बैंकले एकै वर्ष १४ पटक घटायो ब्याजदर

भारतको युनियन बैंकले एकै वर्ष १४ पटक घटायो ब्याजदर


नयाँ दिल्ली, साउन २७
एक भारतीय बैंकले एकै वर्षमा १४ पटक ब्याजदर घटाएको छ । सार्वजनिक क्षेत्रको युनियन बैंक अफ इन्डियाले सोमबार मात्रै विभिन्न अवधिको कर्जामा आधारित कोषको सीमामा आधारित ब्याजदर (एमसीएलआर) शून्य दशमलव १५ प्रतिशतले घटाएको हो । नयाँ दर अगस्ट ११ देखि लागू हुने बताइएको छ । बैंकले विज्ञप्ति जारी गर्दै यस्तो ब्याजदर ७.४० प्रतिशतबाट घटाएर ७.२५ प्रतिशतमा झारेको छ । एक दिनको कर्जाको लागि एमसीएलआर ६.८० प्रतिशत हुनेछ । जबकि तीन महिना र छ महिनाको अवधिको लागि क्रमशः ६.९५ प्रतिशत र ७.१० प्रतिशत हुनेछ ।

विज्ञप्तिमा जनाइएअनुसार २०१९ जुलाई पछि लगातार ब्याजदर १४औँ पटक घटाइएको हो । सार्वजनिक क्षेत्रको एक अर्को बैंक आईओबीले पनि सबै समयको लागि एमसीएलआर शून्य दशमलव १० प्रतिशतले घटाएको छ । आईओबीले पछिल्लो साता सेयर बजारमा दिएको सूचनाअनुसार एक वर्षको लागि एमसीएलआर ७.७५ प्रतिशतबाट घटाएर ७.६५ प्रतिशतमा झारेको छ । नयाँ दर सोमबारदेखि नै कार्यान्वयनमा आइसकेको छ । त्यस्तै पुणेको बैंक अफ महाराष्ट्रले पनि अगस्ट ७ देखि एमसीएलआरमा शून्य दशमलव २० प्रतिशतले ब्याजदर कटौती गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया