चीनद्वारा ११ प्रभावशाली अमेरिकीमाथि प्रतिबन्ध
बेइजिङ, साउन २७
चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिकविरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ । एएफपीका अनुसार हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही मानिसले नराम्रो व्यवहार गरेकाले प्रतिबन्धहरु लगाउनु परेको जानकारी दिए । चिनियाँ प्रतिबन्धको सूचीमा ह्युमन राइट्स वाचका निर्देशक केनेथ रथ र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्सम्यान पनि रहेका छन् ।
अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र १० जना चिनियाँ वरिष्ट अधिकारीको संयुक्तराज्य अमेरिकामा रहेका सम्पत्ति रोक्का राख्ने घोषणा गरेको थियो । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसको विरोधमा अमेरिकाले कडा प्रतिबन्धहरु घोषणा गरेको बताइएको छ ।
अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र प्रतिबन्धहरु घोषणा गरिएका अरु चिनियाँ वरिष्ट अधिकारीहरुले चीनका नीतिहरु हङकङमा कार्यान्वयनमा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको आरोप लगाएको छ । प्रवक्ता झाओले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
- आज इलाम र बझाङमा उपनिर्वाचन
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया