Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्रेन्च सरकारलाई करोडौँ बक्यौता कर तिर्न फेसबुक सहमत

फ्रेन्च सरकारलाई करोडौँ बक्यौता कर तिर्न फेसबुक सहमत


पेरिस, भदौ १०
सामाजिक सञ्जाल फेसबुकले फ्रान्सको सरकारलाई १० करोड ६० लाख युरो बक्यौता कर तिर्न सहमत भएको छ । बीबीसीका अनुसार फ्रान्समा फेसबुकले गरेको आम्दानीको बक्यौता तिर्न फेसबुक सहमत भएको हो । उक्त रकम सन् २००९ यताको फ्रान्समा कम्पनीको व्यवसायसँग सम्बन्धित रहेको बताइउको छ । सामाजिक सञ्जाल कम्पनीले सन् २०२० का लागि आम्दानीमा ८४ लाख ६० हजार युरो तिर्न पनि सहमति भएको छ ।

फेसबुककी एक जना प्रवक्ताले कम्पनीले व्यवसाय गरेका हरेक बजारमा कर तिर्ने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हामीले कर तिर्नुपर्ने बाध्यतालाई गम्भीर रुपले लिएका छौँ । यस सम्बन्धमा विश्वभरकै सम्बन्धित अधिकारीसँग सहकार्य पनि गरिरहेका र्छौँ ।’ तिर्नुपर्ने कर तिर्ने र थाती रहेका विवाद समाधान गर्ने फेसबुकको भनाइ छ । यही प्रयासस्वरुप फ्रान्सका अधिकारीसँग सहकार्य गरेको उनले बताइन् ।

यद्यपि फ्रान्ससँगको कर विवादबारे केही खुलाइएको छैन । फ्रान्सले पछिल्लो समय प्रविधि कम्पनीलाई देशभित्र गरेको व्यवसायको कर तिराउने प्रयास गरिरहेको छ । फेसबुकजस्तै गुगल, एप्पल र अमेजनले पनि यस्तो सम्झौता गरिसकेका छन् । फेसबुकले सन् २०१८ यता आफ्नो बिक्री संरचना परिवर्तन गरेको पनि जनाएको छ । फेसबुकले सन् २०१९ मा फ्रान्समा ३८ प्रतिशत कर दर बुझाएको बीबीसीले जनाएको छ । जुन ३३.३ प्रतिशतको आयकर दरभन्दा धेरै हो । फेब्रुअरीमा फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रविधि कम्पनीले तिरेको करमा सार्वजनिक रुपमा आलोचित हुनुपरेको टिप्पणी गरेका थिए । फेसबुकले युरोपमा धेरैभन्दा धेरै कर तिर्नुपर्ने कुरासँग आफू सहमत भएको उनले बताएका थिए ।

फेसबुकमाथि लाग्ने कर पनि नतिरेको आरोप लाग्दै आएको छ । धेरैजसो देशमा फेसबुकले कर नतिरेको आरोप लाग्दै आएको छ । गत वर्ष फ्रान्सले नयाँ डिजिटल सेवा करको घोषणा गरेको थियो । बुहराष्ट्रिय कम्पनीलाई लक्षित गर्दै कर घोषणा गरे पनि गत जनवरीमा सन् २०२० को अन्त्यसम्म यो कर संकलन ढिलाइ गर्नसक्ने बताएको थियो । सन् २०१८ मा फेसबुकले बेलायतमा २ करोड ८५ लाख पाउन्ड कर्पोरेसन ट्याक्स तिरेको थियो । अहिले धेरैजसो देशले सामाजिक सञ्जाल कम्पनीमा विज्ञापन भए पनि कम्पनीबाट कर नआएको भन्दै कर तिराउनुपर्ने आवाज उठिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया