Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियाली वाइनमा चीनले लगायो २०० प्रतिशत कर

अस्ट्रेलियाली वाइनमा चीनले लगायो २०० प्रतिशत कर


बेइजिङ ।
चीन र अस्ट्रेलियाबीच सम्बन्ध थप बिग्रिएको छ । चीनले अस्ट्रेलियाका सामानहरु बहिष्कार गर्नेदेखिका हर्कत पछिल्लो समय गर्दै आएको छ । यस्तोमा पुनः चीनले अस्ट्रेलियाली वाइनमा २१२ प्रतिशतसम्म कर थोपरेको छ । शनिबारदेखि नै उक्त कर लागू भएको बीबीसीले जनाएको छ । चिनियाँँ वाणिज्य मन्त्रालयले अस्ट्रेलियाली वाइनमा राज्यको आर्थिक सहायता (सब्सिडी) रोक्न अस्थायी रुपमा उक्त कर लगाइएको जनाएको छ । यस्तो कर १०७ प्रतिशतदेखि २१२ प्रतिशतसम्म पुग्न सक्नेछ ।

बितेका महिनाहरुमा बेइजिङले अस्ट्रेलियाली कोइला, चिनी, जौ र लबस्टर (गंगटो प्रजातिको समुद्री जीव) आयातलाई लक्ष्य गर्दै प्रतिबन्धात्मक कदम चालिरहेको छ । चिनियाँ अधिकारीहरुले केही अस्ट्रेलियाली वाइन चिनियाँ वाइनको तुलनामा एकदमै सस्तोमा बिक्री भइरहेको र यसमा सब्सिडी मुख्य कारण रहेको दाबी गरेका छन् । तर अस्ट्रेलियाले यस्तो आरोपको खण्डन गरेको छ ।

चीन अस्ट्रेलियाली वाइनको मुख्य बजार हो । वाइन अस्ट्रेलियाका अनुसार यसले सन् २०२० को नौ महिनामा ३९ प्रतिशत हिस्सा लिएको छ । चीनले एक वर्षयता देशमा खरिदबिक्री हुने वाइनबारे अध्ययन अनुसन्धान गर्दै आएको छ । चिनियाँ निर्णयपछि विश्वकै ठूलो वाइन उत्पादक ट्रेजरी वाइन इस्टेटको सेयर मूल्यमा १३ प्रतिशतभन्दा धेरैले गिरावट आएको बताइएको छ । उसले चीनमा ४ अर्ब डलरबराबरको वाइन बिक्री गर्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया