जापान घुम्ने विदेशी ९७ प्रतिशतले घटे

टोक्यो ।
गत नोभेम्बर महिनामा जापान घुम्न जाने विदेशीको संख्या ९७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको सोही अवधिमा ठूलो दरले घटेको जापान सरकारले बुधबार जनाएको हो । जापान नेशनल टुरिज्म अर्गनाइजेसनका अनुसार ५६ हजार ७ सय जना विदेशीले मात्रै नोभेम्बरमा जापान भ्रमण गरेका छन् । तीमध्ये चीनका १८ हजार १ सय, भियतनामकाक १४ हजार ७ सय, इन्डोनेसियाका ३ हजार ४ सय र दक्षिण कोरियााका २ हजार ८ सय जना रहेको अनुमान गरिएको छ । गत अक्टोबरयता यस्तो संख्या क्रमशः घटिरहे पनि ५० हजारभन्दा माथि पुगेको आठ महिनामा पहिलोपटक हो ।
यो अवधिमा विदेश जाने जापानीको संख्यामा पनि ९८.१ प्रतिशतले घटेको छ । उक्त महिनामा ३० हजार ७ सय जापानीले देश छोडेका हुन् । गत वर्ष जापान घुम्ने विदेशीको संख्या ३ करोड १८ लाख जना थियो । जापानले सन् २०२० मा ४ करोड पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर संख्यामा उच्च दरले कमी आएको हो । जनवरीदेखि नोभेम्बरसम्म जापान जाने संख्या ४० लाख मात्रै पुगेको छ । सरकारी लक्ष्यको तुलनामा यो केवल १० प्रतिशत मात्रै हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया