Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायतले श्रमिकको न्यूनतम तलबमान ६ प्रतिशतले बढाउने

बेलायतले श्रमिकको न्यूनतम तलबमान ६ प्रतिशतले बढाउने


लन्डन, पुस १७
बेलायतले सन् २०२० मा श्रमिकको न्यूनतम तलबमान ६ प्रतिशतले वृद्धि गर्ने भएको छ । उक्त दरले तलब बढे श्रमिकले प्रतिघण्टा ८.७४ पाउन्ड पाउनेछन् । प्रधानमन्त्री बोरिस जोन्सनले लामो समयदेखि श्रमिकले बढेको तलब देख्न नपाएको भन्दै मिहिनेतीलाई प्रोत्साहन गरिने एक विज्ञप्तिमा भनेका छन् ।

हाल बेलायतको बेरोजगारीदर सन् १९७० यताकै न्यूनस्तरमा झरेको छ । त्यस्तै रोजगारी दरले समेत कीर्तिमान कायम गरेको छ । हाल २५ वर्ष पुगेको बेलायतीले एक घण्टा काम गर्दा ८.२१ पाउन्ड तलब पाउँछन् । अब अप्रिल १ देखि बेलायतीले प्रतिघण्टा कामको ज्याला ८.७४ पाउनेछन् । त्यस्तै कम उमेरका कामदारको न्यूनतम तलब पनि ४.६ देखि ६.५ प्रतिशतको बीचमा पु-याइने भएको छ । सन् १९९९ देखि प्रधानमन्त्री टोनी ब्लेयरले श्रमिकको न्यूनतम तलबमान सुरु गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया