Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकामा दिन प्रतिदिन बढ्न थाले संक्रमित

श्रीलंकामा दिन प्रतिदिन बढ्न थाले संक्रमित


कोलम्बो ।
श्रीलंकामा विगत २४ घण्टामा कोभिड–१९ संक्रमितको संख्या पाँच सयभन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म श्रीलंकामा कुल ४० हजार २ सय ८२ व्यक्ति कोभिड–१९ संक्रमित भएकोमा ३२ हजार ५१ व्यक्ति संक्रमणमुक्त भएका सरकारी तथ्यांकमा उल्लेख छ । श्रीलंकामा सक्रिय संक्रमितको संख्या आठ हजार ४५ रहेको र १ सय ८६ संक्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को संक्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी अपनाउन लागिएको बताएको छ । श्रीलंकाको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द अवसथ्थामा रहेका छन् । राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण वस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ । ती स्थानहरूलाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी संक्रमण क्षेत्रमा सावधानीका उपायलाई कडाईका साथ लागू गरिएको छ ।



तपाईको प्रतिक्रिया