Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय बासमती चामल निर्यात ठप्प

भारतीय बासमती चामल निर्यात ठप्प


कलकत्ता, पुस २१
अमेरिकी ड्रोन आक्रमणमा इरानी कुद्स सेनाका कमान्डर कासिम सुलेमानी मारिएपछि त्यसको असर भारतीय उद्योग क्षेत्रमा समेत परेको छ । सोही कारण भारतीय बासमती चामलको निर्यात ठप्प भएको भारतीय मिडियाले जनाएका छन् । नवभारत टाइम्सका अनुसार घरेलु व्यापार संगठन अल इन्डिया राइस एक्पोर्टर्स एसोसिएसनले खाडी क्षेत्रको अवस्था सामान्य नभएसम्मका लागि बासमती निर्यातमा रोक लगाएको छ । चामलमात्र हैन, भारतीय चियामा समेत यसको असर देखिने बताइएको छ । भारतले सन् २०१९ नोभेम्बरसम्म ५ करोड किलोग्राम चिया निर्यात गरेको थियो । त्यस्तै पछिल्लो आर्थिक वर्ष भारतले ३ खर्ब २८ अर्ब भारुको बासमती चामल निर्यात गरेको थियो । त्यसमा १ खर्ब भारु मूल्यको चामल इरान गएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया