Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयी अनलाइन खुद्रा बिक्रेताका मालिकले अब के गर्लान् ?

यी अनलाइन खुद्रा बिक्रेताका मालिकले अब के गर्लान् ?


लन्डन ।
अमेजन र अलिबाबा अनलाइन सामान बिक्रीमा नाम चलेका कम्पनी हुन् । दुवैले खुद्रा बिक्रीमा राम्रो नतिजा पस्केका छन् । तर अमेरिकी र चिनियाँ यी कम्पनीले एउटाले नेतृत्व र अर्कोले नियामकीय चुनौती सामना गरिरहेका छन् । अमेजनका जेफ बेजोसले प्रमुक कार्यकारी पद छोड्ने घोषणा नै गरेका छन् भने ज्याक मा चिनियाँ सरकारी अधिकारीको अनुसन्धानको दायरामा परेका छन् । यो हप्ताको बीबीसीको टेक टेन्ट पोडकास्टमा यी दुई कम्पनीको तुलना र कम्पनीको भविष्यबारे उल्लेख गरेको छ ।

कोरोना महामारीका बेला यी दुवैले राम्रो आम्दानी गरेको स्पष्ट छ । लकडाउनका बेला लाखौँ मानिसहरुले घरमै अनलाइनबाट सामानहरु खरिद गरे । अमेजनको राजस्व विदा समय परेको अन्तिम त्रैमासिकमा ४४ प्रतिशतले बढेर एक खर्ब २६ अर्ब अमेरिकी डलर पुग्यो । त्यस्तै अलिबाबाको ३७ प्रतिशतले बिक्री बढेर ३४ अर्ब अमेरिकी डलर पुग्यो । दुवै कम्पनीले क्लाउड कम्प्युटिङ डिभिजनमा बिक्री र नाफा उल्लेख्य बढेको विवरण सार्वजनिक गरे । सन् २०२० को पूरै सञ्चालन नाफामा अमेजन वेब सर्भिस (एडब्ल्यूएस)ले ६० प्रतिशत बढी हिस्सा लिएको थियो ।

त्यस्तै सुरु भएको ११ वर्षमा अलिबाबाको क्लाउड व्यवसायले पहिलोपटक नाफा देख्यो । अलिबाबाको राजस्व अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ । तर दुवैको व्यावसायिक परिणाम उनीहरुका संस्थापकबारेका समाचारले ओझेल प-यो । सन् १९९४ मा आफैँले सुरु गरेको अमेजनको प्रमुख कार्यकारी पद अब छोड्ने बेजोसले घोषणा गरे । यो घोषणा नसोचेको रुपमा आएको हो । एडब्ल्यूएसका प्रमुख एन्डी जेसीले उनको स्थान लिने घोषणा बजारलाई प्रभाव पार्नका लागि भए पनि कम्पनीको सेयर थोरै अघि बढ्यो ।

त्यसको ठीक उल्टो अलिबाबाका लगानीकर्तालाई चिन्तित हुने धेरै कारण छन् । चिनियााँ सरकारी अधिकारीले कम्पनीविरुद्ध कडा नियन्त्रण गर्न लागिपरेका छन् । ज्याक माले यसअघि नै कम्पनीको प्रमुख छोडे पनि यसको शक्ति र प्रभावको विवादको मुख्य विन्दुमा छन् ।

गत वर्ष माले दिएको एक भाषणले सरकारलाई आक्रोशित बनायो । उनले चिनियाँ बैंकिङ प्रणालीमा नवप्रवर्तन नभएको भन्दै आलोचना गरेका थिए । सोही कारण केही समय मा सार्वजनिक रुपमा देखा नपरेको अनुमान गरिएको छ । यही भाषणका कारण हुनसक्छ चिनियाँ सरकारी अधिकारीले एन्ट ग्रुपको आईपीओ नै रोकिदिए । यो ग्रुपको केही हिस्सामा अलिबाबाकै स्वामित्व छ ।

ज्याक मा अहिले पनि कम्पनीको भविष्य अघि बढाउन महत्वपूर्ण र प्रभावशाली व्यक्ति नै मानिन्छन् । बीबीसीका एसिया बिजनेस संवाददाता करिश्मा भास्वानी भन्छिन्, ‘मा सामान्य व्यक्तिभन्दा ठूला हुन् । उनले चिनियाँ नवप्रवर्तनको प्रतिनिधित्व गर्छन् । उनले विश्वमञ्चमा आफू सामान्य व्यक्तिबाट कसरी धनी बनेँ भन्ने प्रस्तुत गरिरहन्छन् । मानिसहरुका लागि उनी खास व्यक्ति हुन् ।’ तर अहिले नियामकीय अधिकारीसँग उनको समस्या बढिरहेको छ । ‘उनी चिनियाँ स्टेटभन्दा ठूला भए’, उनी भन्छिन् ।

यता बेजोस र अमेरिकी सरकारबीच मिल्दोजुल्दो सानो समस्या थियो । खासगरी पत्रिका वासिङटन पोस्टको स्वामित्वलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा परिरहन्थे । ट्रम्प बेजोसलाई खिस्याउँदै ट्विटरमा ‘जेफ बोजो’ भन्थे । नयाँ राष्ट्रपति जो बाइडेन आएसँगै साना समस्या समाधान त भएको छ तर अमेजनको कार्यशैली र बजार प्रभावलाई लिएर अमेरिकी राजनेता र नियामकीय अधिकारीबाट आलोचना हुने गरेको छ । यति हुँदाहुँदै चीनको अलिबाबाको तुलनामा अमेरिकाको अमेजनलाई सरकारी अधिकारीसँग कमै डर छ । दुवै ज्याक मा र जेफ बेजोसले कम्पनीमा अझै भूमिका निभाउनेछन् । बेजोसलाई भने मालाई भन्दा बढी चैन हुनेछ । बीबीसीबाट


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया