हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी

लन्डन ।
विश्वचर्चित प्रविधि निर्माता एप्पलले विगत छ वर्षयता झण्डै एक सयवटा कम्पनी खरिद गरेको कम्पनीका प्रमुख कार्यकारी टिम कुकले खुलासा गरेका छन् । एप्पलको मंगलबार सेयर सदस्यहरुसँगको बैठकका क्रममा कुकले हरेक तीनदेखि चार हप्तामा एउटा कम्पनी प्राप्ति गरेको जानकारी दिएका हुन् । आर्थिक वर्ष सन् २०२१ को पहिलो तीन महिनामा एक खर्ब ११ अर्ब ४० करोड डलर राजस्व एप्पलले संकलन गरेको थियो । कुकले सेयरसदस्यहरुलाई बैठकमा प्रविधि र दक्षतालाई प्राप्ति गर्ने कम्पनीको उद्देश्य रहेको बताए ।
बितेको दशकमा एप्पलको ठूलो मूल्यको खरिद तीन अर्ब डलरको बिट्स इलेक्ट्रोनिक्स थियो । हेडफोन निर्माता कम्पनी -यापर तथा प्रोड्युसर डीआर ड्रेले स्थापना गरेका थिए । त्यस्तै अर्को खरिद म्युजिक पत्ता लगाउने सफ्टवेयर कम्पनी शाजम थियो । यसलाई एप्पलले सन् २०१८ मा ४० करोड डलरमा खरिद गरेको थियो ।
एप्पलले सुरुमा साना प्रविधि कम्पनी खरिद गर्छ र उनीहरुको आविष्कारलाई आफ्नै उत्पादन बनाउँछ । एउटा उदाहरण प्राइमसेन्स पनि हो । इजरायली थ्रिडी सेन्सिङ कम्पनीकै सहयोगले एप्पलको फेसआईडीलाई योगदान मिलेको थियो । अन्य कम्पनीहरुमा पनि एप्पलले लगानी गर्दै आएको छ ।
एप्पलले खरिद गर्ने यस्ता कम्पनी विभिन्न प्रकारका हुने गरेका छन् । गत वर्ष एप्पलले धेरै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरु खरिद गरेको थियो । सन् २०१९ मा एप्पलले ड्राइभ एआई नामक स्वचालित शटल फर्म खरिद गरेको थियो । यसलाई खरिद गर्नुको उद्देश्य आफ्नै स्वचालित प्रविधि विकास गर्नु थियो । एप्पल एक नाफामूलक कम्पनी हो । यसको मूल्य २० खर्ब डलरमाथि छ । अन्य कम्पनीहरु खरिद गर्न एप्पलसँग पर्याप्त पैसा पनि छ ।
छ वर्षमा कम्पनीले सय कम्पनी किने पनि उसले छानेर मात्रै अरु कम्पनी किन्ने गरेको छ । तर अन्य ठूला कम्पनीको भन्दा एप्पलको अन्य कम्पनी खरिदको शैली फरक छ । माइक्रोसफ्टले लिंक्डइन २६ अर्ब डलरमा, अमेजनले होल फुड्स १३ अर्ब ७० करोड डलरमा र फेसबुकले ह्वाट्सएप १९ अर्ब डलरमा खरिद गर्दा एप्पलले भने सस्तोमा कम्पनीहरु खरिद गरिरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- बैंकस्तरीय कारोबार रकममा गिरावट
- १२.४९ प्रतिशतले बढ्यो व्यापारघाटा ११ खर्बको, आयात हुँदा ९० अर्बको निर्यात व्यापार
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया