Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार६१ प्रतिशतले घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी

६१ प्रतिशतले घट्यो अस्ट्रेलियामा चिनियाँ लगानी


मेलबर्न ।
सन् २०२० मा अस्ट्रेलियामा चिनियाँ लगानी ६१ प्रतिशतले घटेको छ । यो छ वर्षयताकै कम लगानी हो । दुई देशबीच कूटनीतिक तनाव बढेसँगै चिनियाँ लगानीमा कमी आएको बीबीसीले जनाएको छ । द अस्ट्रेलियन नेशनल युनिभर्सिटीको अस्ट्रेलियामा चिनियाँ लगानी हेर्ने संस्था अस्ट्रेलिया डेटाबेसका अनुसार उक्त वर्ष केवल ७८ करोड अमेरिकी डलर लगानी भित्रिएको पाइएको हो । २०२० मा केवल २० चिनियाँ लगानी आएको हो । सन् २०१६ मा सबैभन्दा उच्च अर्थात् एक सय ११ चिनियाँ लगानी भित्रिएको थियो । सन् २०१९ मा ४७ प्रतिशतले लगानी घटेको थियो । उक्त वर्ष डेढ अर्ब अमेरिकी डलर लगानी आएको थियो ।

त्यसो त संयुक्त राष्ट्रसंघका अनुसार २०२० मा विश्वकै प्रत्यक्ष वैदेशिक लगानी ४२ प्रतिशतले घटेको थियो । बितेका वर्षमा अस्ट्रेलियाली अर्थतन्त्रको सबैजसो क्षेत्रमा चिनियाँ लगानी हुने गरेको थियो । गत वर्ष भने रियलस्टेटमा ३५ करोड ७० लाख डलर, खानीजन्यमा ३२ करोड १० लाख डलर उत्पादनतर्फ ११ करोड ९० लाख डलर लगानी भएको बताइएको छ । पछिल्लो समय दुई देशबीच कूटनीतिक सम्बन्धमा दरार आएको छ । कोरोनाको उत्पत्तिलाई लिएर अस्ट्रेलियाले तीतो प्रतिक्रिया दिएसँगै चीनले अस्ट्रेलियाली वस्तुमा दुई सय बढी प्रतिशतले भन्सार शुल्क बढाएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया