Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित

चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित


बेइजिङ ।
चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् । चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका आठ सय ३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो कार्यक्रम सन् २०१२ देखि सञ्चालनमा छ ।

यस कार्यक्रममार्फत विषम गरिबीमा बाँचिरहेका परिवारका छदेखि २४ महिनाका साना बालबच्चाका लागि निःशुल्क पोषण प्याकेजहरु बितरण गरिएको सिन्ह्वाले जनाएको छ । कार्यक्रम सुरु हुनुअघि यस क्षेत्रका छदेखि २४ महिनाका बालबालिकाको रक्तअल्पता र पुड्कोपन क्रमशः १६.३ र ३.२ प्रतिशत रहेकामा हाल त्यसमा सुधार आई क्रमशः ५०.५ र ६८.३ प्रतिशतले घटेको छ ।

सांघाइमा पर्यटकको लर्को : विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय संकटमा परिरहेको समय चीनको सांघाई सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ ।

सांघाईको पर्यटन तथ्यांकअनुसार सांघाईका एक सय ७० वटा प्रमुख दर्शनीय स्थलमा कुल १६ लाख ६० हजार पर्यटक पुगेका छन् । यो सन् २०२० को सोही अवधिको तुलनामा एक सय ६६ प्रतिशतले वृद्धि भएको छ र सन् २०१९ को सोही अवधिको तुलनामा छ प्रतिशतले वृद्धि भएको छ ।

‘श्रमिक दिवस’को अवधिमा, च्याङतिङ, सोनच्याङ, छिङफु, फोनस्येन र नानहुईलगायत पाँच नयाँ क्षेत्रहरुले पर्यटकलाई आकर्षण गर्न विभिन्न किसिमको सांस्कृतिक गतिविधिहरू सुरू गरेका अधिकारीहरूले बताएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया