Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसुकीको पार्टी खारेज गर्नेे म्यान्मारको निर्वाचन आयोगको तयारी

सुकीको पार्टी खारेज गर्नेे म्यान्मारको निर्वाचन आयोगको तयारी


न्यापित ।
म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।

गत वर्ष भएको निर्वाचनमा जालसाजी गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्नेबारे विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्नेबारे आफूहरुले विचार गरिरहेको जानकारी दिएका हुन् ।

‘सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ’, उनले बैंकमा भने । गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो ।

त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यान्मारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । म्यान्मारमा सेनाले शीर्ष नेताहरुलाई बन्दक बनाउँदै सत्ता नियन्त्रणमा लिएर अहिले आफैँ शासन गरिरहेको छ । गत फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया