Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने

युरोपेली संघले थोरै तथा मध्यम आय भएका देशलाई दश करोड खोप दिने


ब्रसेल्स ।
युरोपेली संघ (ईयू)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिएकी हुन् । विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताइन् ।

कोरोनाभाइरसको महामारी विश्वभरी नै फैलिएकाले संघले विश्वभरका धेरै देशहरुलाई सहयोग गर्नुपरेको पनि उनले जानकारी दिइन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया