Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिन २१ लाख २३ हजारको कोरोना परीक्षण

भारतमा एकै दिन २१ लाख २३ हजारको कोरोना परीक्षण


नयाँ दिल्ली ।
भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो ।

पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार सात सय ८२ हजार जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । भारतमा दैनिक २५ लाख जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको पनि मन्त्रालयका अधिकारीहरुले बताएका छन् । दैनिक संक्रमितको सङ्ख्यामा कमी आउदै गएको देखिएको छ । पछिल्ला केही दिनदेखि दैनिक तीन लाखभन्दा कम संक्रमित हुने गरेका छन् ।

सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार आठ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार सात सय ४१ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार एक सय दुई जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयको विवरणअनुसार नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या एक लाखभन्दा बढी छ । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या दुइ करोड ६५ लाख ३० हजार एक सय ३२ रहेको छ । तीमध्ये २८ लाख पाँच हजार तीन सय ९९ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ । सोमबार विहानसम्ममा तीन लाख नाघ्ने देखिएको छ ।
कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार चार सय ६७ पुगेको छ । कोरोनाभाइरसबाट अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ ।

यसअघि लामो समयसम्म सवैभन्दा धेरै संक्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहदै आएको थियो । अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार दुई सय चार जना सक्रिय संक्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार दुई सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार नौ सय ३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार सात सय ८२ जनाको शनिबार परीक्षण गरिएको हो ।

कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तीव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार एक सय ८४ खोप उपयोग भएको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया