Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेजनले साढे आठ अर्ब डलरमा किन्यो हलिउड स्टुडियो एमजीएम

अमेजनले साढे आठ अर्ब डलरमा किन्यो हलिउड स्टुडियो एमजीएम


अमेरिका ।
अमेजन कम्पनीले ऐतिहासिक एमजीएम स्टुडियो झण्डै साढे आठ अर्ब डलरमा खरिद गर्ने भएको छ । एमजीएम हलिउडको अत्यन्त चर्चित स्टुडियो हो ।
यसले ‘सम लाइक इट हट’ र ‘सिंगिङ इन द रेन’ लगायत स्थापित र लोकप्रिय फिल्महरु उत्पादन गरेको थियो । यो बिक्रीसँगै प्रविधि कम्पनी अमेजनको मुख्य प्रसारण सेवाले विषयवस्तुको ठूलो भण्डारणको पहुँच पाएको छ ।

अमेजनका एक जना कार्यकारीले बुधबार उच्चस्तरीय कथा पस्किने अवसर यसबाट मिलेको बताएका छन् । प्राइम भिडियो र अमेजन स्टुडियोका वरिष्ठ उपाध्यक्षा माइक हप्किन्सले यो खरिदबिक्रीले एमजीएमको विज्ञ टोलीसँगै यसलाई पुनर्कल्पना र विकास गर्ने र यो सम्झौता बौद्धिक सम्पत्तिको भण्डार भएको टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

यो सम्झौताले अमेजन प्राइम भिडियोबाट चार हजार फिल्म प्रसारण गर्ने क्षमता बढ्नेछ । ती फिल्ममा जेम्ब बन्ड फ्रेन्चाइज र लिगल्ली ब्लोन्डेलगायत पर्छन् भने १७ हजार टेलिभिजन शोहरु पनि यसबाट प्रसारण हुनेछन् । एमजीएम स्टुडियोको मातृकम्पनी एमजीएम होल्डिंग्सले यसलाई सन् २०२० यता बेच्नको लागि ग्राहक खोजिरहेको थियो ।

अमेजनले एक वक्तव्यमा एमजीएमलाई यसले गरिरहेको कामलाई निरन्तरता दिने बताएको छ । एमजीएम सन् १९२४ मा स्थापना भएको थियो । यसका बाबजुद अमेजनले नेटफ्लिक्स, डिस्ने प्लस र एप्पल टिभीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अमेजन र एमजीएमबीचको सम्झौता चर्चित टेलिकम कम्पनी एटीएन्डटीले वार्नर मिडिया ४३ अर्ब डलरमा किन्ने सम्झौता गरेलगत्तै भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया