Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतमा विशाल विद्युतीय कार ब्याट्री कारखाना बनाउन छलफल गर्दै निसान

बेलायतमा विशाल विद्युतीय कार ब्याट्री कारखाना बनाउन छलफल गर्दै निसान


लन्डन ।
कार कम्पनी निसानले बेलायतमा विद्युतीय कारको ब्याट्रीसम्बन्धी विशाल कारखाना बनाउन गहन छलफल थालेको छ । बीबीसीका अनुसार जापानी कार कम्पनीले यसबारे केही नबताए पनि फाइनान्सियल टाइम्सले बेलायतमा गिगाफ्याक्ट्री निर्माण गर्ने तयारी थालेको समाचारमा जनाएको छ ।

कम्पनीले जापानबाहिर बेलायतलाई अब आफ्नो मुख्य इलेक्ट्रिक हब बनाउन चाहेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको थियो । यता सरकारी अधिकारीहरुले पनि बीबीसीलाई छलफल चलिरहेको पुष्टि गरेको छ । तर निर्णय हुन भने अझै लामो समय लाग्ने स्रोतले जनाएको बीबीसीले उल्लेख गरेको छ । यही संसदीय सत्रमा गिगाफ्याक्ट्रीको कुरा निष्कर्षमा पु-याउन सरकार सकारात्मक रहेको बतााइएको छ ।

चर्चा चलेको कारखाना सन्डरल्यान्डमा हुनसक्ने फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । यसबाट दुई लाख ब्याट्री प्रतिवर्ष उत्पादन हुनेछ भने हजारौँ रोजगारी समेत सिर्जना हुनेछ । बेलायतमा अबको केही वर्षमा विद्युतीय कारको संख्या ह्वात्तै बढ्ने देखिएको छ । किन कि बेलायतले सन् २०३० सम्ममा पेट्रोल र डिजेलका सवारीसाधनको बिक्री बन्द गर्ने जनाएको छ । सन्डरल्यान्डमा कम्पनीको यसअघि नै प्लान्ट रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया