Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपश्चिमा देशका कम्पनीले हानिकारक बालसामग्री बिक्री गरेको चीनको आरोप

पश्चिमा देशका कम्पनीले हानिकारक बालसामग्री बिक्री गरेको चीनको आरोप


बेइजिङ ।
चीनले पश्चिमा कपडाजन्य ब्रान्डहरुले हानिकारक बालसामग्री बिक्री गरेको आरोप लगाएको छ । चीनको भन्सार प्रशासनले वेबसाइटमा नाइक, एचएन्डएम र जारालगायतकाक कम्पनीका ८१ उत्पादनलाई यस्तो सूचीमा राखेको छ ।

त मार्च महिनामा सिन्जियाङ क्षेत्रको कटनमा मुस्लिममाथि श्रमशोषण गरेको आरोप लगाएससँगै चीनले विदेशी कम्पनीलाई लक्षित गर्दै उक्त आरोप लगाएको हो । यो वर्षको सुरुतिर पश्चिमा देशले चीनविरुद्ध प्रतिबन्ध लगाएका थिए ।

चिनियाँ भन्सार प्रशासनले खराब बालसामग्री भनेनका वस्तुमा बालबालिकाका कपडा, जुत्ता, खेलौना, दाँत माझ्ने ब्रस र बेबी बोटल समागेश छन् । प्रशासनले ती वस्तुबारे जुन २०२० देखि मे २०२१ सम्म अनुगमन गरेको थियो । एचएन्डएमको नवौँ ब्याचको बालिकाको ड्रेसले हानिकारक वस्तु समावेश गरेको र त्यसले छाला र मुखसहित स्वास्थ्यमा खतरा उत्पन्न हुने चीनको आरोप छ ।

त्यस्तै जाराका कपडा, नाइको बोइज टिशर्ट, पाइजामामा पनि यस्तै खतरा औँल्याइएको छ । यी कम्पनीले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन् । योसँगै यी कम्पनीको चीनको व्यवसाय धरापमा परेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया