Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा गर्मी समयमा विद्युत् आपूर्तिमा अत्यधिक कमी

पाकिस्तानमा गर्मी समयमा विद्युत् आपूर्तिमा अत्यधिक कमी


इस्लामावाद ।
पाकिस्तानमा गर्मी समयमा विद्युत्को माग छ हजार मेगावाट पुगेको छ । गर्मी समयमा विद्युत् सेवाको मागमा वृद्धि हुनु मागबमोजिम आपूर्ति गर्न नसक्दा यसले पाकिस्तानका खासगरी सहरी क्षेत्रका नागरिकलाई पीडा भएको बताइएको छ । विद्युत् अभावका कारण पाकिस्तानी उद्योगहरू तथा कलकारखानाले समेत पूरा क्षमतामा सामान उत्पादन गर्न नसकेको बताइएको छ । टार्बेला बाँधमा बाढीले हिलो ल्याएको र बाँध मर्मत गर्नु परेकोले अनिश्चितकालका लागि विद्युत् उत्पादन अवरूद्ध बनेपछि व्यापक लोडसेडिङ हुनथालेको एआरवाई न्यूजले पाकिस्तानी अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

पाकिस्तानको लाहोर इलेक्ट्रिक पावर सप्लाई कम्पनीमा विद्युतको माग पाँच हजार मेगावाट रहेको र हाल उत्पादित विद्युतले थप एक हजार मेगावाटको मागलाई सम्बोधन गर्न नसक्दा अभाव देखिएको हो । पाकिस्तानका कराँची लगायतका सहरमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने गरेको एआरवाई न्युजले जनाएको छ । लकडाउन र लोडसेडिङका कारण पाकिस्तानी अधिकांश उद्योगहरूले दैनिक दुई घण्टामात्र सामान उत्पादन गर्ने गरेको कराँची इलेक्ट्रोनिक डिलर्स एसोसिएसनका अध्यक्ष रिजवान इरफानले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया