Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफेसबुकका कर्मचारीलाई घरबाटै काम गर्न छुट

फेसबुकका कर्मचारीलाई घरबाटै काम गर्न छुट


अमेरिका ।
सामाजिक सञ्जाल फेसबुकले आफ्ना कर्मचारीलाई लामो समयसम्म घरबाटै काम गर्न दिने भएको छ । कम्पनीले कोरोना महामारीपछि पनि घरबाटै काम गर्न सम्भव हुने कर्मचारीलाई यस्तो सुविधा दिन लागेको कम्पनीले जनाएको छ ।

फेसबुकले सम्भव हुने कर्मचारीलाई घरबाटै काम गर्न अनुमतिको आग्रह गर्नसक्ने जनाएको छ । फेसबुकका प्रतिस्पर्धी कम्पनीहरु एप्पल र गुगलले भने कर्मचारीलाई कार्यालयमै आएर काम गर्न भनेका छन् । यसअनुसार यी कम्पनीका कर्मचारी आगामी महिनाहरुमा कार्यालयमै आएर काम गर्नुपर्नेछ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई सन् २०२२ को आधाआधीसम्म घरबाटै काम गर्न दिने बताएका छन् ।

जुकरबर्गले यसअघि कम्पनीका ६० हजार कर्मचारीमध्ये आधाजसोले यही दशकमा घरबाटै काम गर्नसक्ने बताएका थिए । फेसबुकका कार्यालयहरु पूर्ण क्षमतामा आगामी अक्टोबरदेखि खुल्ने बताइएको छ । तर अनुमति नलिई घरबाट काम गर्ने कर्मचारीले भने आधा समय कार्यालय आएर काम गर्नुपर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया