Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा ह्वात्तै घटे कोरोना संक्रमित

भारतमा ह्वात्तै घटे कोरोना संक्रमित


नयाँ दिल्ली ।
भारतमा आइतबार ६० हजार चार सय ७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भारतमा ७५ दिनयताकै यो सबैभन्दा कम कोरोना संक्रमित फेला परेको हो ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण दुई हजार सात सय २६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या तीन लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कुल संख्या दुई करोड ९५ लाख ७० हजार आठ सय ८१ पुगेको मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

गत २४ घण्टामा एक लाख १७ हजार पाँच सय २५ जना कोरोना भाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग भारतमा दुई करोड ८२ लाख ८० हजार चार सय ७२ जना कोरोना मुक्त भएका बताइएको छ  । भारतमा कोरोना भाइरस संक्रमणमुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ नौ लाख १३ हजार तीन सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना सुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार नौ सय ८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको  थियो । रासस/एएनआई 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया