Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको शाङ्सीमा खानी दुर्घटनामा ११ जनाको मृत्यु

चीनको शाङ्सीमा खानी दुर्घटनामा ११ जनाको मृत्यु


टाइयुआन  ।
चीनको उत्तरी क्षेत्रस्थित शाङ्सी प्रान्तको एक फलाम खानीमा बाढीको पानी पसेर दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु छ । स्थानीय अधिकारीहरुका अनुसार बाढीमा फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको छ । डाइक्सिन काउन्टीको सूचना कार्यालयले बिहीबार करिब एक बजे फलाम खानीको एउटा कुवामा पानी पसेको जनाएको छ ।

यसअघि उक्त खानी भित्र १३ जना हराइरहेको अनुमान गरिएको थियो । खानीभित्र थुनिएका मजदूर रहेको स्थानबाट पानी बाहिर निकालिएको पनि उक्त कार्यालयले जनाएको छ । खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदुरको खोजी जारी रहेको छ ।

सिन्ह्वाका अनुसार स्थानीय उद्धार कार्यालयले उक्त घटनाको छानबिन सुरु भइसकेको जनाएको छ । खानी मजदुरको शव निकाल्ने क्रममा उद्धारकर्मीले टनेलभित्र ठूलो संख्यामा फ्युज, डेटोनेटर र विस्फोटक पदार्थ भेटिएको बताएका छन् । विस्फोटक पदार्थ डिस्पोजल गर्ने विज्ञहरुको टोली पनि उक्त खानीमा पठाइएको छ । बुधबार बिहानैदेखि भइरहेको भारी वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया