चीनको आर्थिक वृद्धिदर ३० वर्षयताकै न्यून
वेइजिड., माघ ५
सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर तीन दशकयताकै न्यून भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुकान अनुसार आधिकारिक तथ्यांकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धिदर ६.१ प्रतिशत रहेको देखाएको हो । यो तथ्यांक २९ वर्षपछिको खराब रहेको बीबीसीले जनाएको छ । चीनमा घरेलु माग घटेको छ भने अमेरिकासँगको व्यापार युद्धले यस्तो नतिजा देखिएको बताइएको छ । दुई वर्षयता चीनले नीतिगत सुधार गरी अर्थतन्त्रलाई सुधार्ने प्रयास भने गरेको छ ।
केही दिनअघि मात्रै डेढ वर्षयता जारी अमेरिकासँगको व्यापारयुद्ध साम्य हुने बाटोमा गएको छ । दुई देशबीच पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर भएको हो । दुई देशबीच सम्बन्ध सुधारको बाटोमा जाँदा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । बेइजिङले अर्थतन्त्र सु्धारका थप प्रयास समेत थालेको छ । कर कटौतीदेखि स्थानीय सउरकारलाई ठूलो परिमाणमा बन्डहरु जारी गर्न र पूर्वाधार कार्यक्रम सञ्चालन गर्न अनुमति दिने बताइएको छ । बैंकहरुलाई समेत बेइजिङले साना कम्पनीलाई रकम दिन भनेको छ । स्थानीय मुद्रामा कर्जा प्रवाह गत वर्ष करिब २४ खर्ब डलरले भएको थियो । लगानी समेत घट्दै जाँदा आर्थिक वृद्धिमा त्यसको असर परेको हो । विगतमा चीन आर्थिक वृद्धिमा बलियो देखिए पनि गत वर्षको वृद्धिदर भने तीन दशककै कम रहेको बताइएको छ । यद्यपि अन्य अर्थतन्त्रको तुलनामा यो निकै राम्रो वृद्धिदर हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया