Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबिटक्वाइनलाई मान्यता दिएको एल साल्भाडोरलाई विश्व बैंकको धक्का

बिटक्वाइनलाई मान्यता दिएको एल साल्भाडोरलाई विश्व बैंकको धक्का


अमेरिका ।
विश्व बैंकले बिटक्वाइनको कार्यान्वयनसहितको सहायताका लागि एल साल्भाडोरले गरेको आग्रह अस्वीकार गरेको छ । भर्चुअल मुद्राको पारदर्शिता र बिटक्वाइन माइनिङले वातावरणमा पार्ने प्रभावलाई कारण देखाउँदै विश्व बैंकले एल साल्भाडोरको आग्रह अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

यो महिनाको सुरुतिर मध्यअमेरिकी मुलुक एल सााल्भाडोरले बिटक्वाइनलाई औपचारिक रुपमै स्वीकार्ने निर्णय गरेको थियो । यसरी डिजिटल मुद्रा स्वीकार्ने एल साल्भाडोर पहिलो देश बनेको थियो । एल साल्भाडोरले डलरजस्तै बिटक्वाइनलाई पनि वस्तु विनिमयको माध्यम बनाएको थियो । योसँगै एल साल्भाडोरलाई राष्ट्रव्यापी रुपमा तीन महिनाभित्र बिटक्वाइन स्वीकार्ने निर्णयमा व्यवहारगत समस्या भएको बताइएको छ ।

विश्व बैंकका प्रवक्ताले भने अरु धेरै तरिकाबाट एल साल्भाडोरलाई सहयोग गर्न प्रतिबद्ध रहेको टिप्पणी गरेको रोयटर्सले जनाएको छ । अहिलेलाई बिटक्वाइनलाई स्वीकार्न नसकिने विश्व बैंकले स्पष्ट पारेको छ । यद्यपि अन्तर्राष्ट्रिय मुद्राकोषले भने बिटक्वाइनको विपक्षमा नरहेको जनाएको बताइएको छ । तर बिटक्वाइन स्वीकार्दा अर्थतन्त्र, वित्तीय र कानुनी मुद्दाहरु समस्याका रुपमा रहेको बताएको छ ।

एल साल्भाडोरको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । रेमिट्यान्सले एल साल्भाडोरको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत हिस्सा ओगटेको बताइएको छ । यो देशका २० लाखभन्दा बढी मानिस अन्यत्र देशमा काम गर्ने गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया