Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअंगोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने

अंगोलामा प्रविधि केन्द्र निर्माणमा हुवावेले छ करोड डलर खर्चिने


लुआन्डा ।
चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अंगोलामा दुईवटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि छ करोड डलर लगानी गरेको छ । हुवावे अंगोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिएका हुन् ।

ती केन्द्रमा करिब दुई हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ । हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अंगोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ । (रासस–सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया