Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली आयोगले थाल्यो गुगलविरुद्ध अनुसन्धान

युरोपेली आयोगले थाल्यो गुगलविरुद्ध अनुसन्धान


ब्रसेल्स ।
युरोपेली आयोगले इन्टरनेट खोजीसम्बन्धी कम्पनी गुगलविरुद्ध अनुसन्धान सुरु गरेको छ । आयोगले अनलाइन विज्ञापन बजारमा बजार एकाधिकारबारे अनुसन्धान थालेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

आयोगले गुगलले गर्ने तथ्यांक संकलन, यसको विज्ञापन बिक्री स्पेस र अनलाइन एडभरटाइजिङ इन्टरमेडिएरी (विज्ञापन मध्यस्थकर्ता)लगायतका विषयमा जाँचपडताल गर्नेछ । अरु अनलाइन विज्ञापनदातालाई प्रतिस्पर्धा गर्न अप्ठ्यारो पार्न गुगलले भूमिका खेलेकोमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ । यता गुगलले भने आयोगको अनुसन्धानलाई सघाउने बताएको छ ।

आयोगकी कार्यकारी उपाध्यक्ष मार्गि्रथ भेस्टागरले सबै तहको कम्पनीको अनलाइन डिस्प्ले एडभरटाइजिङसम्बन्धी अहिलेको आपूर्ति प्रणालीले ध्यान तानेको बताएकी छिन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया