Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको हेनान प्रान्तमा बाढी ७३ व्यक्तिको मृत्यु

चीनको हेनान प्रान्तमा बाढी ७३ व्यक्तिको मृत्यु


बेइजिड. । मध्यचीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।

गत जुलाई १६ बाट सुरु भएको वर्षाका कारण एक सय ५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । भीषण वर्षापछिको बाढीका कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेसन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौँको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेक मानिसहरुलाई सुरक्षित रुपमा उद्धार गर्न पठाइएको छ । झेङझाओको मौसम विभागले वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभर राहत वितरण र पुनः निर्माणको प्रयास भइरहेको जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया