Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमारुतीको बिक्री ५० प्रतिशतले बढ्यो, टाटाको ९२ प्रतिशतले वृद्धि

मारुतीको बिक्री ५० प्रतिशतले बढ्यो, टाटाको ९२ प्रतिशतले वृद्धि


नयाँ दिल्ली । मारुती सुजुकी इन्डियाले जुलाई महिनामा एक लाख ६२ हजार चार सय ६२ वटा गाडी बिक्री गरेको छ । एकै महिनामा कम्पनीको बिक्री ५० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको उही महिनामा कम्पनीले एक लाख आठ हजार ६४ वटा मात्रै सवारीसाधन बेचेको थियो ।

भारतमा मात्रै कम्पनीको बिक्री ३९ प्रतिशतले बढेर एक लाख ४१ हजार दुई सय ३८ वटा पुगेको छ । गत वर्ष भारतमा कम्पनीले एक लाख एक हजाार तीन सय सात वटा सवारीसाधन बिक्री गरेको थियो । कम्पनीले मिनी कार अल्टो र वागन आर १९ हजार छ सय ८५ वटाा बिक्री गरेको छ । अघिल्लो वर्ष अर्थात् २०२० मा यस्तो बिक्री १७ हजार दुई सय ५८ वटा रहेको थियो ।

कम्प्याक्ट सेग्मेन्टमा स्विफ्ट, सेलेरियो, इग्निस, बलेनो र डिजायसको बिक्री जुलाई महिनामा ७० हजार दुई सय ६८ वटा भएको छ । अघिल्लो वर्ष यस्तो बिक्री ५१ हजाार पाँच सय २९ वटा मात्रै रहेको थियो । कम्पनीले यो महिनामा मध्यम आकारका सेडान सियाज एक हजार चार सय ५० वटा बिक्री गरेको थियो । अघिल्लो वर्ष उसले एक हजार तीन सय तीनवटा मात्रै बेचेको थियो ।

कम्पनीको युटिलिटी सवारीसाधन भिटारा ब्रेजा, एस क्रस र आर्टिगाको बिक्री ३२ हजार दुई सय ७२ वटा रहेको छ । अघिल्लो वर्ष यस्तो बिक्री १९ हजार एक सय ७७ वटा मात्रै रहेको थियो । जुलाईमा कम्पनीले २१ हजार दुई सय २४ एकाइ बाहिर निर्यात गरेको छ । अघिल्लो वर्ष केवल छ हजार सात सय ५७ वटा मात्रै निर्यात गरेको थियो ।

टाटाको बिक्री ९२ प्रतिशतले बढ्यो : यता अर्को कम्पनी टाटा मोटर्सले जुलाई महिनामा भारतमा मात्रै ५१ हजार नौ सय ८१ युनिट बिक्री गरेको छ । यो भनेको ९२ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको उही महिनामा २७ हजार २४ वटा मात्रै बिक्री गरेको थियो । टाटा मोटर्सको भारतीय बजारमा पेसेन्जर भेहिकल बिक्री ३० हजार एक सय ८५ युनिट पुगेको छ । एक वर्षअघि यस्तो बिक्री केवल १२ हजार १२ युनिट थियो । यो भनेको ८१ प्रतिशत बढी हो ।

एमजीको बिक्री दुई गुणा बढी, टोयोटाको १३ हजार युनिट : यसैबीच, जुलाई महिनामा एमजी मोटर इन्डियाको खुद्रा बिक्री दुई गुणाले बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उसले चार हजार दुई सय २५ वटा कार बिक्री गरेको हो । अघिल्लो वर्ष उसको बिक्री केवल दुई हजार एक सय पाँचवटा रहेको थियो ।

Open Photo

एमजी मोटरको जेटएस ईभीको लागि पछिल्लो महिनामा अहिलेसम्मकै धेरै बुकिङ प्राप्त भएको थियो । जुलाईमा कम्पनीले जेटएस ईभीको छ सयभन्दा धेरै युनिट बुक भएको जनाएको छ । यता टोयोटा किर्लोस्कर मोटर (टीकेएम) को जुलाई महिनामा भारतमा १३ हजार एक सय पाँच युनिट बिक्री भएको छ । इनोवा क्रिस्टा र फच्र्युनरजस्ता गाडी उत्पादन गर्ने यस कम्पनीले पछिल्लो वर्ष पाँच हजार तीन सय ८६ वटा मात्रै गाडी बिक्री गरेको थियो ।

हुन्डाईको ४६ प्रतिशतले बढ्यो : यता हुन्डाईको बिक्री जुलाई महिनामा ४६ प्रतिशतले बढेर ६० हजार दुई सय ४९ युनिट रहेको छ । कम्पनीले पछिल्लो वर्ष यही महिनामा ४१ हजार तीन सय मात्र युनिट बिक्री गरेको थियो । हुन्डाईको भारतीय बजारमा बिक्री ४६ प्रतिशतले बढेर ४८ हजार ४२ युनिट रहेको छ । यस्तो बिक्री एक वर्ष अगाडि ३८ हजार दुई सयवटा युनिट थियो । कम्पनीको निर्यात समेत बढेर १२ हजार दुई सय सात युनिट पुगेको छ । अघिल्लो वर्ष कम्पनीले तीन हजार एक सयवटा मात्रै निर्यात गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x