Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर

भारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर


नयाँ दिल्ली, माघ १२
भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई मुलुकले साइबरसुरक्षा, जीवविज्ञान र स्वास्थ्य र औषधिलगायतका क्षेत्रमा सहकार्यका लागि सम्झौता भएको हो ।

दुई मुलुकबीच जैविक ऊर्जा तथा लगानी, सुविधासम्बन्धी सहयोग, स्वास्थ्य तथा चिकित्सा र सांस्कृतिक आदानप्रदानका लागि भएको कार्यक्रम सम्झौता सन् २०२० देखि सन् २०२४ सम्मका मान्य हुनेछ । ब्राजिल र भारतबीच सामाजिक सुरक्षा, साइबर सुरक्षा, वैज्ञानिक तथा प्रविधि सहकार्य, भूगोल तथा खनिज स्रोतबारे ज्ञानलाई आपसी हितका लागि आदानप्रदान गरिनेलगायतका विषय पनि सम्झौतामा उल्लेख छन् । दुवै पक्षले आपराधिक गतिविधिमानियन्त्रणका लागि कानुनी सहयोग गर्ने, तेल र प्राकृतिक ग्यासको क्षेत्रमा सहयोग गर्ने, पारम्परिक चिकित्सा प्रणाली र होमियोप्याथीको क्षेत्रमा सहयोग गर्ने सहमति भएको सम्झौताबारे संयुक्त घोषणामा उल्लेख गरिएको छ । भारत भ्रमणमा रहेका ब्राजिलियाली राष्ट्रपति बोल्सानारो र भारतीय विदेश मन्त्री एस जयशंकरबीच पनि यसअघि शुक्रबार भेटवार्ता भएको थियो ।

भेटपछि विदेशमन्त्री जयशंकरले ट्विटमा लेखेका छन्, ‘ब्राजिलका राष्ट्रपति बोल्सानारोलाई गणतन्त्र दिवस २०२० का अवसरमा प्रमुख पाहुनाका रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको छ । उहाँको भ्रमणले हाम्रो द्विपक्षीय सहयोगका लागि नयाँ अवसरहरू खुला गर्नेछ । योे विश्वव्यापी सन्तुलनको संकेत पनि हो ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया