Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदुई इन्जिनयुक्त विश्वकै ठूलो बोइङ विमानको परीक्षण उडान सफल

दुई इन्जिनयुक्त विश्वकै ठूलो बोइङ विमानको परीक्षण उडान सफल


अमेरिका, माघ १३
विमान निर्माता अमेरिकी कम्पनी बोइङको विश्वकै ठूलो दुई इन्जिनयुक्त जहाजको परीक्षण उडान सफल भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार बोइङको ७७७एक्स विमानले सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको हो । ७३७ म्याक्स श्रेणीका विमानको समस्याबाट उम्किन नसकेको कम्पनीले पछिल्लो सफलता पाएसँगै केही राहत महसुस गरेको बताइएको छ । सिटल राज्यनजिकै पहिलो उडान गरेको विमानले आकाशमा चार घण्टा बिताएको थियो । यसअघि नै उडान परीक्षणका लागि समय निर्धारण गरिए पनि ठूलो हुरीबतासका कारण सम्पन्न हुनसकेको थिएन ।

उक्त विमान अर्को वर्ष इमिरेट्ससँग सेवामा प्रवेश गर्नेछ । त्यसअघि विमानले अझै परीक्षण उडान गर्ने बताइएको छ । विमान २ सय ५२ फुट लामो रहेको छ । यही वर्ष सेवामा ल्याउने तयारी गरिए पनि कम्पनीले प्राविधिक कठिनाइका कारण ल्याउन नसकेको हो । यो विमान कम्पनीको ७७७ मिनि जम्बोकै उत्कृष्ट भर्सन रहेको छ । यसमा फोल्डिङ विंगटिप्स र ठूलो व्यावसायिक इन्जिन रहेको छ । बोइङले ३ सय ९ वटा विमान बेचिसकेको जनाएको छ । प्रतिविमान मूल्य ४४ करोड २० लाख अमेरिकी डलर पर्ने यो विमानले युरोपेली विमान निर्माता एयरबसको ए३५०–१००० मोडलसँग प्रतिस्पर्धा गर्नेछ । उक्त विमानले ३ सय ६० जना यात्रु बोक्छ । ७३७ म्याक्स श्रेणीका विमान दुईवटा दुर्घटनामा परेपछि बोइङ संकटमा फस्दै आएको छ । उक्त विमानहरु अहिले पनि सेवामा नफर्किँदा कम्पनीले ठूलो घाटा व्यहोर्नुपरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया