Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले विदेशमा कोइलामा आधारित परियोजना नबनाउने

चीनले विदेशमा कोइलामा आधारित परियोजना नबनाउने


बेइजिङ । विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उक्त घोषणा गरेका हुन् । चिनियाँ राष्ट्रपति सीले राष्ट्रसंघ महासभालाई भिडियोमार्फत सम्बोधन गर्दै भने, ‘विकासशील देशहरूलाई हरित तथा न्यून–कार्बन ऊर्जा उत्पादनका लागि सहयोग गर्न चीन अघि आउने छ । विदेशमा चीनको सहयोगमा कोइलामा आधारित परियोजना बन्नेछैनन् ।’

चीनले इन्डोनेसिया, भियतनामसहितका देशमा कोइलाखानीमा आधारित परियोजनाहरुमा सहयोग गर्दै आएको छ । पछिल्लो समय ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत चीनले ठूलो लगानी गरिरहेको हो । पेरिस जलवायु सम्झौताले तय गरेको लक्ष्य पूरा गर्नका लागि उत्सर्जन कटौती गर्नुपर्नेमा चीनले कोइलामा आधारित परियोजनामा लगानी गरेको भन्दै आलोचना भइरहेका समय चीनले यो कदम अघि बढाउने बताएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया