Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तानको अफगान निर्यात घट्यो

तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तानको अफगान निर्यात घट्यो


इस्लामाबाद । अफगानिस्तान ट्रान्जिट भएर हुने व्यापार र पाकिस्तानको अफगानिस्तानमा हुने निर्यातमा कमी आएको छ । गत अगस्टमा अफगानिस्तान कब्जा गरी सत्तामा तालिबान आएयता पाकिस्तानको निर्यात व्यापारमा धक्का लागेको हो ।

अगस्ट महिनामा कार्गो आवागमनमै १६ प्रतिशतले कमी आएको छ । सेप्टेम्बरमा यस्तो दर झनै बढी अर्थात् ७३ प्रतिशत रहेको छ । तालिबानले सत्ता लिएपछि छाएको अनिश्चिततालाई यसको मुख्य कारण मानिएको छ । डन अनलाइनका अनुसार सेप्टेम्बरमा ७३ प्रतिशतले घटेर कार्गो आवागमन चार हजार दुई सय १२ मा झरेको छ । अघिल्लो वर्ष सोही महिनामा १५ हजार आठ सय ४६ यस्तो आवागमन भएको थियो ।

त्यस्तै अगस्ट महिनामा कन्टेनरहरुको प्रवाह घटेर सात हजार आठ सय ६४ मा झरेको छ । अघिल्लो वर्ष सोही दर नौ हजार तीन सय १२ थियो । यो भनेको १६ प्रतिशतले कम हो । पाकिस्तानले केही वर्षयता अफगानिस्तान ट्रान्जिट भएर हुने व्यापारको हिस्सा फेरि प्राप्त गरेको थियो । फलतः सन् २०२१ को अप्रिलमा ट्रान्जिट कार्गो प्रवाह १६९ प्रतिशतले बढेको थियो । मेमा ११५ प्रतिशतले, जुनमा ३२ प्रतिशतले र जुलाईमा ६० प्रतिशतले बढेको थियो । त्यतिमात्र होइन दुई देशीय व्यापार समेत घटेको बताइएको छ ।

गत वर्षको तुलनामा चालू आर्थिक वर्षका दुई महिनामा यस्तो व्यापार घटेको छ । जुलाई र अगस्टमा पाकिस्तानले साढे नौ करोड डलरको निर्यात गरेको छ । अघिल्लो वर्ष सोही महिनामा १२ करोड ३७ लाख अमेरिकी डलरको निर्यात गरेको थियो । यो भनेको २२.७ प्रतिशतले कमी आएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया