अस्ट्रेलिया । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ । कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् ।
अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाइ छ । देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन् । यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो । सिड्नी समेत पर्ने न्यु साउथ वेल्स प्रदेशमा सोमबार मात्रै ४९६ जना संक्रमित भएको विवरण सार्वजनिक भएको छ । ती मध्ये ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको पाइएको पनि अधिकारीहरुले जनाएका छन ।
झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन् । उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुसियाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन् । लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेकाले अधिकांशले पसलमा किनमेल गर्ने मौकाको रुपमा पनि लिएका छन् । त्यसैगरी व्यापार गर्नेहरुले पनि आफ्नो व्यापार गर्ने मौकाको रुपमा प्रयोग गरेको देखिएको छ ।
गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द भएका थिए । अत्यावश्यक सेवा भने सञ्चालिन नै थिए । त्यसैगरी अत्यावश्यक सामग्री किनमेल गर्नका लागि पनि घरदेखि पाँच किलोमिटर भन्दा टाढा जान नपाइने व्यवस्था गरिएको थियो । महामारी नियन्त्रणका लागि अष्ट्रेलियाको केन्द्रीय र प्रदेश सरकारहरुले पनि सिमानाका बन्द गर्ने, लकडाउन गर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र तीव्र रुपमा कोरोना परीक्षण गराउनेलगायतका कार्य गर्दै आएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया