Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा भारी वर्षा, ११ जनाको मृत्यु

श्रीलंकामा भारी वर्षा, ११ जनाको मृत्यु


कोलम्बो । श्रीलंकामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सात हजार मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलंकाको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ ।

आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो ।

मंगलबार बिहानसम्म सात हजार मानिस प्रभावित भएको र सात सय ९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् । श्रीलंकाको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया