Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

विश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

चिनियाँले लगाए दुई अर्ब ३३ करोड डोज खोप


बेइजिङ । चीनले विकासोन्मुख देशहरूमा कोभिड–१९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ । खोप उत्पादनमा संलग्न सबै देशहरूलाई यस लक्ष्यमा लाग्न आग्रह गर्दै हालै द फ्रीमा प्रकाशित लेखअनुसार चीनले धनी देशहरूले खोप र उपचार खर्च गर्ने तर विकासोन्मुख देशहरूले भने खोप र उपचारको प्रबन्ध गर्न संघर्ष गरिरहेको टिप्पणी गरेको छ । उक्त लेख अनुसार चीन एक मात्र देश हो जसले दर्जनौं राज्यहरूलाई अनुदान सहायता प्रदान गरेर यो यो महामारीको दुष्चक्र तोड्न खोजेको छ ।

चीनले हालसम्म १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई १.६ अर्ब भन्दा बढी खोप उपलब्ध गराएको छ र जी २० नेताहरूको शिखर सम्मेलनमा विश्वका लागि वर्षभरि २ अर्बभन्दा बढी डोज खोप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । बेइजिङले विकासोन्मुख देशहरूलाई खोप आपूर्ति र मानवीय सहायताको नाममा कुनै पनि प्रकारको राजनीतिकरणको कडा विरोध गरेको जनाइएको छ ।

चिनियाँले लगाए दुई अर्ब ३३ करोड ८० लाख डोज खोप यसैबीच, चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रुपमा परेको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । सो समयदेखि हालसम्म विश्वभर २५ करोड ११ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ५० लाख ७३ हजार भन्दा बढी व्यक्तिको यसको संक्रमणको कारण मृत्यु भएको छ । यद्यपि २२ करोड ७४ लाख ६ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका छन् । रासस-सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया