Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा अनुमानितभन्दा थोरै रोजगारी सिर्जना

अमेरिकामा अनुमानितभन्दा थोरै रोजगारी सिर्जना


वासिङटन । अमेरिकामा नोभेम्बर महिनामा अनुमान गरेभन्दा निकै कम संख्यामा रोजगारी सिर्जना भएको छ । बीबीसीका अनुसार अर्थशास्त्रीहरुले योभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरेका थिए । साढे पाँच लाख रोजगारी सिर्जनाा हुने अपेक्षा उनीहरुको थियो ।

यसका बाबजुद बेरोजगारी दर भने ४.२ प्रतिशतमा झरेको छ । साथै धेरै अमेरिकी नागरिक काममा फर्किएको बताइएको छ । यो रोजगारी तथ्यांकमा ओमिक्रोन देखापरेयता त्यसको असर समेटिएको छैन । ओमिक्रोन नोभेम्बरको अन्त्यतिर देखापरेको थियो । यसले अर्थतन्त्रको पुनरुत्थानलाई प्रभावित पार्नसक्छ ।

राष्ट्रपति जो बाइडेनले भने यो रोजगारी सिर्जनालाई पनि बलियो पुनरुत्थान भनेका छन् । उनी बेरोजगारी दर घटेकामा निकै खुसी देखिएका छन् । उक्त दर अक्टोबर महिनामा भने ४.६ प्रतिशत रहेको थियाो । महिनागत तुलनामा तलब समेत बढेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया