Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको जीडीपी ६.९ प्रतिशतले बढ्ने प्रक्षेपण

बंगलादेशको जीडीपी ६.९ प्रतिशतले बढ्ने प्रक्षेपण


अमेरिका । विश्व बैंकले आर्थिक वर्ष २०२२/०२३ मा बंगलादेशका लागि ६.९ प्रतिशत कुल गार्हस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ । वासिङ्टनस्थित उक्त बैंकले बुधबार सार्वजनिक गरिएको आफ्नो ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स रिपोर्ट’मा यो प्रक्षेपण गरेको हो । प्रतिवेदनमा चालू आर्थिक मा बंगलादेश ६.४ प्रतिशत र आगामी वर्षमा ६.९ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

बंगलादेशले खासगरी तयारी पोशाकलाई अत्यधिक निर्यात गर्ने गर्छ । ओमिक्रोन भेरिएन्ट देखा परेको र महामारी फैलिएमा थप गतिशीलता प्रतिबन्धको आवश्यकता र बाह्य मागलाई कमजोर पारेर आर्थिक गतिविधिमा बाधा नपुगेमा मात्र निर्यात दरमा वृद्धिको लक्ष्यमा पुग्न सकिने रिपोर्टमा उल्लेख छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया