१९ वर्षे किशोरलाई किन मस्कले ५ हजार डलर दिने अफर गरे ?
अमेरिका ।अर्बपति इलोन मस्कले एक जना १९ वर्षीय किशोरलाई पाँच हजार अमेरिकी डलर दिने अफर गरेका छन् ।
सीएनएनका अनुसार अमेरिकी राज्य फ्लोरिडाका ज्याक स्विनी नामक ती किशोरलाई संसारकै धनी मस्कले आफ्नो विमान उडान ट्र्याक नगरिदिनको लागि उक्त अफर गरेका हुन् ।
तर ती किशोरले भने अफर अस्वीकार गरेका छन् । ज्याकलाई मस्कले उनको ट्विटर एकाउन्ट डिलेट गर्नका लागि उक्त डलरको अफर गरेका थिए । ज्याकको एकाउन्टले मस्कको निजी जेट ट्राक गथ्र्यो। ती किशोरको इलोनजेट नामक एकाउन्टका डेढ लाख फलोअर छन् । ज्याकले एक बोट विकास गरेका छन् जसले मस्कको उडान अनुगमन गर्छ । त्यसपछि ट्विटर फिडमा उनी कहिले र कहाँ पुग्छन् हरेक यात्राबारे ट्विट गर्छ ।
ज्याकले अन्य दर्जन बढी उडान ट्रयाक गर्ने बोट एकाउन्ट खोलेका छन्। ठूला प्राविधिक क्षेत्रका हस्तीहरु बिल गेट्स, जेफ बेजोसलगायतलाई पनि ज्याकले ट्रयाक गर्छन्। गत नोभेम्बर ३० मा मस्कले उनलाई सिधै म्यासेज गरेका थिए ।मस्कले ज्याकलाई पठाएको सन्देशमा यसलाई सुरक्षा जोखिम बढ्ने भएकाले हटाइदिन आग्रह गरेका थिए । टेस्ला र स्पेस एक्सका सीईओ मस्कले यसका लागि उनलाई पाँच हजार डलर अफर गरेका थिए ।
तर त्यसलाई अस्वीकार गरेका ज्याकले भने ५० हजार डलर मागेको र त्यो पैसा आफ्नो कलेज अध्ययनका लागि वा टेस्ला मोडल ३ कार किन्नका लागि प्रयोग गर्ने प्रत्युत्तर दिएका थिए । पछि यी दुईबीच जनवरी १९ मा संवाद भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया