Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्विटरको त्रैमासिक आम्दानी पहिलोपटक १ अर्ब डलर नजिक

ट्विटरको त्रैमासिक आम्दानी पहिलोपटक १ अर्ब डलर नजिक


अमेरिका, माघ २४
चर्चित सामाजिक सञ्जाल ट्विटरले पहिलोपटक त्रैमासिक आम्दानी १ अर्ब डलर नजिक हासिल गरेको छ । मिडियाहरुका अनुसार यो आम्दानी अनुमान गरेभन्दा बढी हो । कम्पनीको सेयर बजारमा ६ प्रतिशत बढी अंकले वृद्धि भएको छ ।

धेरैजसो आम्दानी अमेरिकाबाट भएको बताइएको छ । यही वर्ष कम्पनीविरुद्ध अमेरिकामा अनुसन्धान समेत हुँदै छ । आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा गलत सूचना प्रवाहलाई रोक्न नियामक निकायले सामाजिक सञ्जालहरुको कडा नियमन गर्नलागेका हुन् । कम्पनी स्वयंले पनि त्यसलाई रोक्ने प्रतिबद्धता जनाइसकेको छ । समसामयिक विषयवस्तु् र नोटिफिकेसनलाई जानकारी दिनेतर्फ केन्द्रित भइरहेको कारण ट्विटरको सक्रिय प्रयोगकर्ता पछिल्लो समय बढेको छ ।

चौथो त्रैमासिकमा कम्पनीको प्रयोगकर्ता बढेर १५ करोड २० लाख पुगेको छ । १ वर्षअघि कम्पनीको प्रयोगकर्ता १२ करोड ६० लाख रहेको थियो । कम्पनीको त्रैमासिक आम्दानी समेत गत वर्षको तुलनामा ११ प्रतिशतले बढेको छ । विश्लेषकहरुले ९९ करोड ६७ लाख डलर आम्दानी हुने अनुमान प्रक्षेपण गरेका थिए । कुल विज्ञापन आम्दानी ८८ करोड ५० लाख अमेरिकी डलर रहेको छ । जुन वर्षगत तुलनामा १२ प्रतिशतले बढी हो ।

यद्यपि कम्पनीले पहिलो त्रैमासिक आम्दानी ८२ करोड ५० लाखदेखि ८८ करोड ५० लाख डलरसम्म हुने अनुमान गरेको छ । जुन वालस्ट्रिटको अनुमानभन्दा कम हो । वालस्ट्रिटले ८७ करोड २६ लाख डलरको अनुमान गरेको छ । ट्विटरले चौथो त्रैमासिकको कुल आय अनुमानभन्दा कम रहेको देखिएको छ । कुल आय ११ करोड ९० लाख डलर रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको आय २५ करोड ५० लाख डलर थियो । कम्पनीले प्रतिकित्ता सेयरमा २५ सेन्ट आम्दानी गरेको छ ।

यो पनि सोचेभन्दा कम हो । २९ सेन्ट आम्दानी हुने अनुमान थियो । ट्विटरको कुल अमेरिकी आम्दानी भने १७ प्रतिशतले बढेर ५९ करोड १० लाख डलर पुगेको छ । अन्तर्राष्ट्रिय राजस्व भने ३ प्रतिशतले बढेको छ । गत नोभेम्बरमा ट्विटरले राजनीतिक विज्ञापन नगर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया