जापान । विश्व चिप्स अभावको असर सवारीसाधन उत्पादक टोयोटाको नाफामा देखिएको छ । सवारीसाधन निर्माता टोयोटाको गत वर्ष अन्तिम त्रैमासिकमा नाफा २१ प्रतिशतले घटेको देखिएको हो ।
चिप्स अभावका कारण उत्पादनमा गत वर्ष कम्पनीलाई ठूलो असर पुगेको थियो । कम्पनीका अनुसार तेस्रो त्रैमासिकमा कम्पनीले ६.८ अर्ब अमेरिकी डलर सञ्चालन मुनाफा हासिल गरेको थियो । विश्वको धेरै कार बिक्रेता कम्पनीले आफ्नो वार्षिक उत्पादन लक्ष्यमा समेत पाँच लाख सवारीसाधन कटौती गरी ८५ लाखमा झारेको छ ।
अहिले चिप्स अभावको सामना विश्वभरका उत्पादन कम्पनीले गर्नुपरेको छ । टोयोटाले पूर्ण क्षमतामा उत्पादनको लागि तयारी गरिरहेको एक वक्तव्यमा जनाएको छ । गत सेप्टेम्बरमा कम्पनीले विश्वभर चिप अभावका कारण ४० प्रतिशतले उत्पादन कटौती गरेको थियो । विगत केही महिनायता पनि कम्पनीले चिप अभावसँगै आपूर्ति शृंखलामा समस्यालाई कारण देखाउँदै कतिपय कारखानामा उत्पादन बन्द गरेको थियो ।
सन् २०२२ मा पनि कम्पनीलाई यी समस्याले पिरोल्ने देखिएको छ । त्यसो त यसका प्रतिस्पर्धी कम्पनी पनि यही समस्याबाट गुज्रिएका छन् । फक्सवागन, जनरल मोटर्स, फोर्ड, निसान, डायम्लर, बीएमडब्ल्यू र रेनोले पनि उत्पादन कटौती गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया