३६ देशविरुद्ध एयरस्पेस प्रयोग गर्न रुसी बन्देज
मस्को । आफूविरुद्ध एयरस्पेस प्रयोग गर्न युरोपले प्रतिबन्ध लगाएपछि रुसले पनि सोमबार युरोपमाथि यस्तैखाले प्रतिबन्ध लगाएको छ । ‘जस्तालाई त्यस्तै’ रणनीति भन्दै रुसले आफूलाई प्रतिबन्ध लगाउने ३६ देशमाथि आफ्नो एयरस्पेस प्रयोगमा बन्देज लगाएको छ । पछिल्लोपटक रुसमाथि जर्मनी, स्पेन, इटली र क्यानडाले प्रतिबन्ध लगाएका छन् ।
रुसले यसअघि नै बेलायती हवाइ सेवाप्रदायकलाई यस्तो प्रतिबन्ध लगाएको थियो । रुसी कम्पनी एरोलफ्टलाई अहिले पूरैजसो युरोपले आफ्नो हवाइ क्षेत्रमा प्रवेश निषेध गरेका छन् । आइतबार युरोपेली आयोगले आफ्नो आकाशमा रुसी सरकारी विमान कम्पनीलाई प्रतिबन्ध लगाएको थियो । उसले निजी व्यक्तिगत विमानलाई समेत उड्न रोक लगाएको छ ।
सोमबार रुसी हवाइ नियामक रोसाभियात्सियाले ३६ देशमाथि हवाइ क्षेत्र प्रयोग गर्न रोक लगाएको हो । यसले कतिपय उडानलाई खर्च र समय बढाउने देखिएको छ । रुसले प्रतिबन्ध लगाएका देशमा अल्बानिया, आंगुलिला, अस्ट्रिया, बेल्जियम, ब्रिटिश भर्जिन आइसल्यान्ड, बुल्गेरिया, क्यानडा, क्रोएसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, ग्रिनल्यान्ड, फारोइ आइल्यान्ड, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जिब्राल्टर, ग्रिस, हंगेरी, आइसल्यान्ड, आयरल्यान्ड, इटली, जर्सी, लात्भिया, लिथुवानिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्विडेन र बेलायत छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया